गायक पुष्प थापा मगरको आवाजमा “तिम्रै यादमा” सार्वजनिक



१२ साउन २०७६, काठमाडौं/आर पोखरेल

लोक दोहोरी गायिका टिका पुन र गायक पुष्प थापा मगरको आवाजमा ‘तिम्रै यादमा’ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेमपछिको विछोडको अवस्थालाई चित्रण गरिएको कथा बस्तुलाई गीतमा समेटिएको छ । प्रकाश थापा पुलामी मगरको शब्द तथा लय सिर्जना तथा एबी भण्डारीको एरेन्ज गीतमा रहेको छ ।

मायालुको अभाव हुदाँको अवस्थामा आउने पिडालाई गीतमा समेटिएको छ । रोहित श्रेष्ठको छायाँकन, मनोज डिसीको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘तिम्रै यादमा’ गीतको भिडियोमा मनोज, सुशिला तामाङ्ग र साथीहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्