
१२ साउन २०७६, काठमाडौं
विजी बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत ‘कलेजीको कुना कुना’ गीतको भिडियो सार्वजनिक भएको छ।
कला राईको प्रस्तुती एवम शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा बिबाहित मायालुको भाव गीतमा झल्काइएको छ।
शंकर अधिकारी घायलको गीत संगीतमा, अनिता लामाको स्वर रहेको छ भने राजन महर्जनको नृत्य, सुशील डाँगिको छायांकन, बिश्वास भण्डारीको सम्पादनमा दिपक राई र भुमा सापकोटाको अभिनय रहेको छ।





