मामाले गरे शिल्पाको पर्दाफास : बिकासदेखि छबिसँग उनको यस्तो सम्बन्ध



१२ साउन २०७६, काठमाडौं

अहिले राष्ट्रिय बहसका रुपमा हेरिएको शिल्पा र छबिको विग्रिएको सम्बन्धलाई उनका मामा निर्देशक रोशन कुमारले पर्दाफास गरेका छन् ।

नेपाली सिने नगरीमा घरबेटी बा मार्फत अभिनयमा प्रवेश गरेकी शिल्पालाई निर्देशक रोशनले श्रीमानश्रीमती भएपछि यस्ता समस्या घरमै मिलाउनु पर्ने सल्लाह दिएका छन् ।

टेलिश्रृङ्खलाका इडिटर विकास बस्यालसँग लामो समय लिभिङ टुगेदरमा बसेकी शिल्पालाई उनले विभिन्न अवसर समेत र्सिजना गराइ दिएका थिए । जब बिकासले रोशनलाई फोन गरेर डिभोर्स भएको कुरा बताए तब मात्र उनीहरुको बिवाह भईसकेको कुरा रोशनले थाहा पाएका थिए ।

अवसरको खोजीमा भौतारिएकी शिल्पाको भेट जब छवि ओझासँग भएको थियो । त्यसपश्चात उनले निरन्तर चलचित्रमा स्थान पाइकी थिइन् । पछि उनीहरु लिभिङ टुगेदरमा बसेका हल्ला चलेपनि विवाहको कुरा अस्वीकार गर्दै आईरहेका थिए ।  तर गत बर्षको दशैं ताका मंगलम चलचित्र रिलिजको छेकोमा छबि र शिल्पाले तीन बर्ष अघि नै बिवाह भनी समाचार बाहिरिएको थियो ।

विवाहेत्तर सम्बन्ध बाहिरिएको एक बर्ष पनि नपुग्दै छबि र शिल्पा अहिले डिभार्सको संघारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्