क्यानभासमा ‘किराँती संस्कृति’(फोटा फिचर)



११ साउन २०७६, काठमाडौं

विभिन्न रङहरु टेबलभरि छरपस्ट छन् । साथमा केही कुचीहरु पनि छन् ।

साना साना हातका औंलाहरुमा चेपिएको कुचीले रङहरुको भाँडामा चोप्दै सेतो कापीमा छर्दै गर्छन् ।

साना हातका औंलाहरुमा चेपिएका कुचीहरु भिन्न भिन्न रङका भाँडाहरुमा चोप्दै सेता कापीका पानामा भिन्नै खाले आकृति अनि चित्र बनाउनुमा व्यस्त देखिन्छन्, कलिला नानीहरु !

ती किराँती संस्कृतिहरुसँग मिल्दाजुल्दा चित्र कोर्नमा व्यस्त देखिने कलिला बालबालिकाहरु किराँती समाजकै स्तम्भ हुन् ।

सेता कापीलाई आ–आफ्नो क्यानभास मानेका उनीहरुले व्यक्तिपिच्छे फरक फरक चित्रहरु कोर्न खोजेका छन् ।

कसैले चिण्डो बनाएका छन् । कसैले चुल्हो बनाएका छन् । कसैले भार बनाएका छन् । कसैले किराँती संस्कृतिभित्र अटाएका विभिन्न संस्कारलाई क्यानभासमा उतारेका छन् ।

यी चित्रहरु जिमी (राई) उत्थान सोलुखुम्बुले राजधानी काठमाडौंमा गरेको चित्रकला कार्यशालामा बनाइएका हुन् ।

कार्यशालामा २० भन्दा बढी बालबालिकाहरुले सहभागी जनाइ मनै छुने चित्रहरु बनाएका थिए ।

जसले किराँती संस्कृतिमा ठूलो महत्व राख्ने छ ।

प्रतिक्रिया दिनुहोस्