शिल्पाको पहिलो विवाह बिकास बिसीसँग भएको खुलासा, को हुन् त बिकास ?



११ साउन २०७६, काठमाडौँ

शिल्पाले मिडियामा छवि नै आफ्नो पहिलो श्रीमान भएको बताएकी थिइन् । छविले शिल्पाले आफूसँग भन्दा पहिले अरु कोहीसँग विवाह गरिसकेको कुरा बताइरहँदा शिल्पाले छविलाई नै दोष लगाएकी थिइन् । तर शिल्पाले आफ्नो अघिल्लो विवाहबारे झुट बोलेको खबर बाहिरिएको छ । शिल्पाले पहिलो बिबाह चलचित्र क्षेत्रकै सम्पादक बिकाश बिसी संग गरेको कुरा निर्देशक रोशन कुमार श्रेष्ठले खुलाएका छन्।

रोशन कुमारले शिल्पालाई पहिलो पटक चलचित्र क्षेत्रमा ल्याउने नै आफु भएको बताएका छन् । आफुले शिल्पा संग धेरै काम गरेको र उनलाई यहाँ सम्म पुर्याउन आफ्नो हात रहेको रोशनले बताए । उनले शिल्पाको नाम बदनाम गर्नको लागि नभएर सत्य बाहिर ल्याउनको लागि आफूले यो सब कुरा भनेका बताएका छन् । उनले शिल्पाको विवाहबारे उनका साथीभाईलाई समेत भएको बताए । उनले शिल्पा र बिकास लामो समयसम्म लिभिङ टुगेदरमा बसेको कुरा समेत खुलाए ।

प्रतिक्रिया दिनुहोस्