
१० साउन २०७६, काठमाडौं
भारतीय चर्चित रियालिटी शो जिटिभिमा सम्पन्न सारेगामपा लिटल च्याम्पमा तेस्रो स्थान पक्का गरेका इटहरीका बाल गायक प्रितम आचार्य अहिलेका चर्चित बाल स्टार हुन् ।
बहुप्रतिभाका धनी प्रितम भारतमा मात्र नभएर विश्व भरि नै परिचित छन् । उनको यस्तो प्रतिभालाई प्रोत्साहन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा सम्मान कार्यक्रम रहेको थियो । सम्मान कार्यक्रममा प्रितम सहित आयुष केसी रहेका थिए ।
भेटघाटपछि प्रधानमन्त्रीले दुवै गायकलाई भाटभटेनीमा सपिङ गर्ने अवसर दिएका थिए । उक्त स्थानमा प्रितमले आफुलाई आवश्यक पर्ने सामान किनेका थिए । तर खुशी मुद्रामा देखिएका प्रितमले दश हजारकोे चस्मा छुटाएपछि केही निरास भएका थिए ।





