
०९, साउन २०७६, काठमाडौँ
भारतको मुम्बइमा बस्ने एक युवक आफ्नी श्रीमतीको सुन्दरता देखेर जलन हुन थालेपछि निकै खतरनाक काम गरेका छन् । आफ्नी श्रीमती शहरका पुरुषहरुको कुदृष्टि पर्ने डरले उनले आफ्नी श्रीमतीको अनुहारभरी लामखुट्टे मार्ने क्वाइल अड्याउने स्ट्याण्डले नराम्रोसँग कोतरीदिएका थिए ।
मिडिया रिपोर्टका अनुसार यो घटनालाई अहिले मुम्बइको क्राइम ब्रान्चले हेरिरहेको छ । आरोपीको नाम राज रायकवार बताइएको छ ।
यो घटना पछि उनकी श्रीमतीले घरेलु हिंसा र दाइजोको विषयमा मुद्दा दर्ता गराएकी थिइन् । त्यस पछि उनीविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको हो ।





