जेठी श्रीमती हेमाले मुद्दा हालेपछि छवि र शिल्पाले पाउने भए ५ बर्षको जेल सजाय !



०७ साउन २०७६, काठमाडौँ

छवि र शिल्पाको केसले नयाँ मोड लिएको छ । छविकी जेठी श्रीमती हेमा ओझाले छवि र शिल्पा विरुद्ध मुद्दा हालेपछि अहिले छवि र शिल्पा तनावमा छन् । छविकी जेठी श्रीमती हेमाले बहुविवाह गरेको केसमा छवि र शिल्पा विरुद्ध उजुरी दिएकी हुन् ।

यस्तै अब छवि र शिल्पालाई ५ बर्षको जेल सजाय हुन सक्ने हेमाका वकिलले बताएका छन् । उनले छवि र शिल्पाले निकै ठूलो गल्ती गरेको र त्यसको सजाय उनीहरुले पाउने बताए। अहिले सबैल छवि र शिल्पाले यो क्षेत्रको नै बदनाम गरेको बताइरहेका छन् । हेमाका वकिलले छवि र शिल्पाले अवैधानिक रुपमा विवाह दर्ता गरेकाले समस्या निम्तिएको पनि बताए ।

छविकी श्रीमतीले आफूलाई न्याय चाहिने बताएकी छिन् । उनले छवि र शिल्पाको विवाह दर्ता भएको कुरा पहिले आफूलाई थाहा नभएको र जब थाहा पाएको तब आफ्नो कर्तव्य पुरा गरेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्