
०६ साउन २०७६, काठमाडौँ
साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समयकी निकै व्यस्त र चर्चित नायिका हुन् । नायिका साम्राज्ञी ‘ड्रिम्स’बाट उदाएकी हुन् । यो चलचित्रमा उनले निर्वाहा गरेको भूमिकापछि उनको क्रेज बढ्यो । यस्तै साम्राज्ञी सामाजिक सञ्जालमा निकै सक्रिय रहने नायिकामा पर्छिन् । उनले आफ्ना हरेक गतिविधीको जानकारी सामाजिक सञ्जालमार्फत दिइरहेकी हुन्छिन् । उनी बेला–बेला कुनै कुनै फण्डामार्फत पनि चर्चामा आउँछिन् ।
यस्तै अहिले सामाजिक सञ्जालमा साम्राज्ञीको एक तस्बिर निकै भाइरल छ । यसअघि मयंक खड्कासँगको प्रेम सम्बन्धका कारण चर्चामा मयंकसँगको प्रेम सम्बन्ध त्यति लामो समय टिक्न सकेन । मयंकसँग ब्रेक अप भएपछि उनी देवाङ्स राणासँग प्रेम सम्बन्धमा छिन् ।
चलचित्र ‘रातो टिका निधारमा’ को छायांकनपछि उनी इन्डोनेसियाको बाली पुगेकी छन् । समुन्द्रको तटमा देवाङ्ससँग विकिनीमा खिचेका फोटो सार्वजनिक गरेकी छन् । उनलाई सार्वजनिक गरेको फोटोलाई लिएर धेरैले उनलाई ‘कामुक‘ र ‘उत्ताउली’ भनेका छन् ।
यसै बिषयलाई लिएर आलोचना भएपछि नायिका साम्राज्ञी शाहले आक्रोश पोखेकी छन् । इन्स्टाग्रामको स्टोरीमा उनले एउटा स्टाटस पोष्ट गरेकी छन्, र ‘हाथी तले बजार, कुत्ते भोके हजारु भनेकी छन् ।
उनको आफूलाई हात्ती र आलोचना गर्नेलाई कुकुरको संज्ञा दिएकी छन् । जम्मा दुई लाइनको यो हिन्दी वाक्यमार्फत उनले आफ्ना आलोचकलाई प्रहार गरेको हुन सक्ने अनुमान धेरैले गरेका छन् ।





