नायिका केकीको नयाँ लुक्स सार्वजनिक



०४ साउन २०७६, काठमाडौँ

चर्चित नायिका केकी अधिकारीले जिम गर्दै गर्दाका केही तस्बिरहरु सार्वजनिक गरेकी छिन् । सार्वजनिक हुनासाथ उनका तस्बिरहरु सामाजिक  सञ्जालमा  भाईरल भएका छन् ।

नायिका केकी राम्रो अभिनय गर्ने अभिनेत्रीमा पर्छिन् भन्ने त धेरैलाई थाहै छ । उनले अभिनय गरेका प्रायः चलचित्रले औसत व्यापार गरिरहेका हुन्छन् तर उनको अभिनयको चाहिँ तारिफ हुने गर्छ ।

गत साल ‘कोहलपुर एक्सप्रेस’ बनाएर निर्माणमा प्रवेश गरेकी उनले यो वर्ष फिल्मसँगै ‘कमेडी च्याम्पियन’ शीर्षकको कमेडी टेलिभिजन कार्यक्रम ल्याउँदै छिन् । उनले जिम जान थालेको ६ वर्षजति भयो । उनले सामाजिक सञ्जालमा  जिम गर्दै गर्दाका केही बोल्ड तस्बिरहरु सार्वजनिक गरेकि छिन् ।

उनका केही तस्बिरहरु

प्रतिक्रिया दिनुहोस्