गरिबीले छेक्यो सागरको उच्च शिक्षा हासिल गर्ने सपना !



०३ साउन २०७६, काठमाडौँ

कक्षा १ देखि नै प्रथम भइरहने झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठानका सागर जिसी यसवर्षको एसईईमा राम्रो अंक ल्याएर उत्तीर्ण भए । लक्ष्मी माध्यामिक विद्यालय बांगेफेदीमा अध्ययनरत उनले ३ दशमलव ५५ जीपीए ल्याएका थिए ।  शिक्षकका अनुसार बाल्यकालदेखि नै उनी पढाइमा लगनशील थिए, प्रतिशतमा हेर्दा उनले एसईईमा ८८ दश मलव ७५ प्रतिशत ल्याएका छन् ।

विज्ञान विषय पढेर डाक्टर बन्ने उनको सपना छ, घरको आर्थिक अवस्था कमजोर भए पनि उनी राम्रो अंक ल्याएर उर्तीण भएका छन् । गरिबीका कारण उच्च शिक्षा पढ्ने सपना अधुरै छ, आफुसँगै पढेका साथीभाई विद्यालय भर्ना भइसके तर  उनी गरिबीका करण घरमै एसईईको मार्कसिट हेरेरै दिन बिताउन बाध्य छन् ।

बुवा धर्मेन्द्र बहादुर जिसी अपांग छन्, उनी बोल्न सक्दैनन् । आमाले पाँच वर्षअघि दोस्रो विवाह गरिन् । तीन भाइबहिनी मध्ये उनी जेठो छोरा हुन् । उनले अहिले गाउँमा मजदुरी गरेर जसो तसो आफ्नो जीविका चलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्