
०२ साउन २०७६, काठमाडौँ
मोटोपना कम गर्नका लागि मानिसहरु विभिन्न तरिका अपनाउने गर्छन् तर कतिको प्रयास यतिकै खेरा जाने गर्छ । तर एक नयाँ अध्ययनका अनुसार तौललाई रोएर पनि घटाउन सकिने भएको छ ।
एशियन वनमा प्रकाशित एक रिपोर्ट अनुसार रुँदा हाम्रो शरीरमा कार्टिसोल नामको हर्मोनको श्राव हुने गर्छ । शरीरमा यो हर्मोनको स्तर बढ्दा तौलमा कमी आउँछ ।
जसको आँसु निकै मुश्किलले झर्छ उनीहरुका लागि तौल घटन निकै मुश्किल पर्ने गर्छ । अर्को एउटा रोचक कुरा के छ भने रोएको नाटक गर्दा यसले तौल कम गर्न कुनै सहयोग गर्दैन ।
बेलुका ७ बजेदेखि राती १० बजेको बिचमा रुँदा तौल तीब्र रुपमा घट्ने बताइएको छ । यो यस्तो समय हो जब मानिसहरुको नेगेटिभ इमोशन सबैभन्दा बढी हावी हुन्छ । यदि कुनै पनि मानिस भावनामा बगेर रोएको खण्डमा मात्रै तौल कम हुने गर्दछ ।





