बर्षा भन्छिन् : अब फ्लप फिल्म थेग्न सक्दिनँ



०१ साउन २०७६, काठमाडौँ

वर्षा राउतलाई चलचित्र ‘जात्रै जात्रा’ ले  फेरि उचाइमा पुर्याएको छ । चलचित्र ‘जात्रै जात्रा’पछि वर्षाले कुनै पनि चलचित्रमा काम गर्ने गरि संझौता गरेकी छैनन् । वर्षाका अनुसार, उनी अहिले ‘जात्रै जात्रा’को हिट व्यापारसँगै दबाबमा छिन् । यसैले धेरै पटक सोचेर मात्र चलचित्रमा काम गर्ने उनको योजना छ ।

वर्षा भन्छिन्–‘अब म अर्का फ्लप फिल्म थेग्न सक्दिनँ । यसैले कुर्छु तर राम्रो चलचित्रमा काम गर्छु ।’ वर्षाले आफूलाई केही चलचित्रको अफर आएको पनि सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्