यस्ता हुन्छन् ‘बुधबार’ जन्मिएका व्यक्तिहरुको गुण



३० असार २०७६, काठमाडौँ

बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् । जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् ।

कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि प्रभावित तुल्याउन सक्दैनन् । बुधबार जन्मने व्यक्ति खर्चिलो स्वाभावका हुन्छन् । आफ्नो निर्णय आफैँ लिने र वैवाहिक जीवन पनि निकै सुखी हुने गर्दछ ।

सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने यिनीहरुको स्वभाव हुन्छ । धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि रिस शान्त हुन निकै समय लाग्ने । कसैलाई पनि सजिलै माफी नदिने, सफा र स्वच्छ विचारधाराका मालिक , नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्ने । कुरा गर्ने तरिका निकै प्रभावशाली ।

बोलीको प्रभावले अरुको मन जित्न सक्ने, मिठो बोली बोल्ने खालको बानि यिनिहरुमा हुन्छ । कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण बुधबार जन्मने व्यक्तिको जीवन निकै सन्तुष्ट हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्