
३० असार २०७६, काठमाडौँ
नायक भूवन केसीले आफ्नै होम प्रोडक्शनमा बन्न लागेको नयाँ चलचित्रमा आफू भिलेनको अवतारमा देखिन लागेको खुलाएका छन् ।
आइतबार बेलुकी काठमाण्डौमा आयोजना भएको चलचित्र ‘मिस्टर नेपाली’को इन्डक्ल्याप कार्यक्रममा आफ्नो फेरिदो गेटअपको बिषयमा बोल्दै भूवनले भने–‘अहिले हामी हाम्रो होम प्रोडक्शनको नयाँ चलचित्रको तयारी गरिरहेका छौ । जहाँ, नायक अनमोल केसी लभर ब्वाइको भूमिकामा देखिदैछन् । म भने पूर्ण रुपमा भिलनेको अवतारमा देखिदैछु ।’
भूवनको गेटअप पनि अहिले परिवर्तन भएको छ । भूवनका अनुसार, अनमोल र उनको मुख्य भूमिका रहने चलचित्रको छायांकन तिहारपछि सुरु हुँदैछ ।





