हलमा आयुष्मान र शिल्पाको ‘सानो मन’



२७ असार २०७६, काठमाडौँ

हरेक हप्ताको शुक्रबार प्रदर्शनमा आउने नेपाली चलचित्रले  हलमा दर्शक तान्न सकिरहेको छैन् । यसै बिच गीतसंगीत र ट्रेलरका कारण चर्चामा रहेको चलचित्र ‘सानो मन’ हलमा प्रदर्शन भइरहेको छ । चकलेटी ब्वाई आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रमुख भूमिका चलचित्र  ‘सानो मन’ ले शुक्रबारबाटआफ्नो प्रदर्शन थालेको हो।

चलचित्रलाई सुयोग गुरुङ्गले निर्देशन गरेका छन् । बिहीबार साँझ यो चलचित्रको राजधानीको कुमारी हलमा ग्राण्ड प्रिमियरको आयोजना गरिएको थियो ।

आयुष्मान र शिल्पाका अलावा चलचित्रमा सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।  चलचित्रले आयुष्मान र शिल्पाबीचको प्रेममा आउने उतारचढावलाई देखाएको छ ।

‘सानो मन’ सँगै सिंगल थिएटरमा अभिनेता सविन श्रेष्ठ स्टारर चलचित्र ‘बदला’ पनि प्रदर्शनमा आएको छ । यो चलचित्र लभस्टोरी एक्सन जनरामा निर्माण भएको छ ।

प्रतिक्रिया दिनुहोस्