
२७ असार २०७६, काठमाडौँ
चलचित्र ‘सान्ड कि आँख’ को टिजर सार्वजनिक गरिएको छ । चलचित्रमा बलिउडका दुई अभिनेत्री तापसी पन्नू तथा भूमि पेडनेकरले विश्वकै सबैभन्दा बढि उमेरका शूटर चन्द्रो तोमर तथा प्रकाशी तोमरको भूमिका निर्वाह गरेका छन् । यो चलचित्र तीनै शूटरहरुको जीवनमा आधारित छ यो फिल्म छायांकनमा जानुअघि देखि नै चर्चामा छ ।
चलचित्रमा भूमि पेडनेकर तथा तापसी पन्नू आफ्नो ग्ल्यामरस अवतारभन्दा ठिक उल्टो पश्चिमी उत्तर प्रदेशका ग्रामीण महिलाहरु जस्ता देखिएका छन् ।
यो चलचित्र आगामी दिपावलीको मौका पारेर प्रदर्शन हुँदैछ । तुषार हीरानन्दानीको निर्देशनमा बनिरहेको यो चलचित्रको एक झलक दर्शकमाझ आएको छ । यो चलचित्रको सुटिङ उत्तर भातरको जौहरी गाउँमा गरिएको हो





