
२६ असार २०७६, काठमाडौँ
९ जुलाईका दिन सुपरस्टार सलमान खानकी पूर्व प्रेमिका संगीता बिजलानीले आफ्नो जन्मदिन सेलिब्रेट गरेकी छिन् । बर्थडे पार्टीमा सलमान स्वयं पुगेका थिए ।
बर्थडे पार्टीमा सलमानसँगै उनको गर्लफ्रेन्ड यूलिया वन्तूर, डेजी शाह, सुदीप सञ्जीव, साजिद नाडियावाला र मोहनीश बहललगायतका सेलिब्रेटी उपस्थित भएका थिए ।
सलमान र संगीताले एकअकासँग कयौं वर्षसम्म डेट गरेका थिए । सन् १९९४ मा दुई विवाह गर्ने तयारीमा पनि थिए । तर, एक्ट्रेस सोमी अलीसँग सलमान नजिकिँएपछि संगीताले विवाह नगर्ने निर्णय लिएकी थिइन् ।
यसरी उनिहरुको ब्रेकअप भएको थियो । ब्रेकअप पछि पनि यो जोडी एक अर्काको असल साथी बन्न पुगेका छन् संगीताको वर्थडे पार्टीमा दुवै जमेर रमाइरहेका थिए सलमानको एक्स गर्लफ्रेण्ड संगीतालाई आफ्नो वर्थडे पार्टीमा युलिया बन्तुरलाई भेट्नु कुनै सरप्राइज भन्दा कम थिएन तस्वीरमा संगीता र युलियाको राम्रो बोन्डिङ देखिएको छ ।





