चलचित्र ‘न यता न उता’ को ट्रेलर सार्वजनिक



२६ असार २०७६, काठमाडौँ

फिल्म ‘न यता न उता’ को ट्रेलर सार्बजनिक गरिएको छ । यो चलचित्र कमेडी कथामा आधारीत रहेर निर्माण भएको हो । चलचित्रको  सार्वजनिक ट्रेलरमा पनि कमेडीलाई प्राथमिकता दिइर प्रस्तुत गरिएको छ ।

मिराज रोश र बिशारद बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘न यता न उता’  साउन १७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

चलचित्रमा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दिक्षित, वुद्दि तामाङ, कमलमणि नेपाल, नम्रता सापकोटा, सिल्सा जिरेल, लुनिभा तुलाधर, राजन खतिवडा, रविन्द्र झा, राजाराम पौडेल, जयनन्द लामा लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्