
२४, असार २०७६, काठमाडौँ
पुराना निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्न लागेको चलचित्र ‘झिँगेदाउ’ मा अभिनेत्री केकी अधिकारी र गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ मा जीवन्त अभिनय पस्किएका चोपेन्द्र उर्फ मुकुन्द भुषालको जोडी बाँधिएको छ । कस्तो देखिएला त यि दुईको जोडी यो भने हेर्न बाँकी नै छ ।
भदौबाट चलचित्रको छायांकन सुरु हुनेछ । एक जमाना एकसेएक हिट चलचित्र दिएका निर्देशक ज्ञानेन्द्र स्वयंले चलचित्रलाई निर्माण गर्दैछन् ।
चलचित्रमा धेरै मेहनत र जीवन्त अभिनय गर्ने कलाकार चाहिएकाले केकी र मुकुन्दलाई लिएको निर्देशक देउजाले बताएका छन् । बाँकी कलाकारको छनोट कार्य भइरहेको उनले बताएका छन् ।





