
२४ असार २०७६, काठमाडौँ
साउन १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र एकलव्य को अफिसयल ट्रेलर सार्वजनिक भएको छ ।
अनमोल शर्मा निर्देशित चलचित्र एकलव्यको ट्रेलरमा प्रेम र रोमान्सलाई विशेष स्थान दिदैँ अपहरण, हत्या, भ्रष्टाचारजस्ता अहिलेका जल्दाबल्दा समस्या प्रस्तुत गरिएको छ ।
निर्देशक शर्माका अनुसार ‘एकलव्य’ समसामयिक बिषयमा निर्माण गरिएको सामाजिक प्रेम कथामा आधारित फिल्म हो ।
‘एकलव्य’ लाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् । चलचित्रमा अभिनेता द्वय सोनाम थापा मगर र पुष्कर राउतको एक्सन शसक्त रहेको निर्माण टिमले बताएको छ ।
यो चलचित्रमा सोनम थापामगर, पुष्कर राउत, ओसिन भट्टराई, महिला सिलवाल, शुशिल पोखरेल, सुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुन लगायतका कलाकारहरुको पनि भूमिका रहेको छ ।





