
२३ असार २०७६, काठमाडौँ
दर्शंकहरुमा यतिबेला ‘प्रेमगीत ३’ चलचित्रको सर्वाधिक चासो रहेको छ । ‘प्रेमगीत ३’ को चर्चा हेर्दा लाग्छ यसले बक्सअफिसमा ठुलै आँधी ल्याउँदैछ ।
चलचित्रमा मूख्य पात्रको भूमिकामा ८ जना पुरुष र एक जना महिला कलाकार फाइनल भइसकेका छन् ।
हेरौँ कुन कलाकारको भूमिका के ?
सन्तोष सेन
निर्माता तथा निर्देशक सेन अहिले फिल्मको स्कृप्ट फाइनल,सेट् बनाउने कामका साथसाथै उनी वर्कसपमा समेत सहभागी भैरहेका छन् । ४ ओटा ठुलो बजेटको चलचित्र निर्माण गर्दै “प्रेम गीत २” मा एन्टागोनिस्ट भुमिका मार्फत दर्शक माझ् आएका उनी यस चलचित्रमा पनि एन्टागोनिस्टको भूमिकामा रहेका छन् ।
प्रदीप खड्का
प्रेम गीतबाट नै मुख्य भूमिकामा उदाएका प्रदीप खड्का यस पटक पनि फिल्मको मुख्य भूमिकामा नै रहेका छन्। उनि ‘प्रेमगीत ३’ मा राजकुमारको भूमिकामा देखिने छन् ।युवापुस्तामा प्रदीप को लोभलाग्दो क्रेज र डिमाण्ड रहेको छ । प्रदिपलाई यो नाम, सम्मान र चर्चा चलचित्र ‘प्रेमगीत’ ले दिलाएको हो भन्दा खासै फरक पर्दैन । किनकी उनलाई दर्शकले चिन्न थालेका नै चलचित्र प्रेमगीत बाट हो ।
कृष्टिना गुरुङ
‘प्रेमगीत ३’ मा उनी नायक प्रदिप खड्काको नायिकाको रुपमा देखिनेछिन् । प्रेमगीत ३ का लागी २७१४ जनाले अडिसन दिएका थिए । जसमध्येबाट उत्कृष्ट २५ निर्माण टिमले कृष्टिना गुरुङ छानेको हो । क्रिष्टिनाले अभिनय, बोली र सुन्दर अनुहारले पनि धेरै दर्शकहरुको मन जितिसकेकी छन् ।
सुनिल थापा
फिल्ममा राते काइला नामले परिचित सुनिल थापा एक समय खलनायकका रुपमा नेपाली सिने जगतमा राज गरेका थिए । सयद उनि यस चलचित्रमा पनि खलनायकको रुपमा देखिने छन् । उनि भन्छन्: ”प्रेम गीत ३’ को कथा र आफ्नो चरित्रले तान्यो छोड्नै मन लागेन’ ।
अनुभव रेग्मी
अनुभव रेग्मी नेपाली चलचित्र जगतका निकै चर्चित र व्यस्त बाल कलाकार हुन् । अनुभवले छोटो समयमा नै दर्शकको अत्याधिक माया पाउन सफल भएका छन् । बालस्टार भनेर चिनीएका बालकलाकार रेग्मी प्रेम को बाल भुमिका अर्थात सानो राजकुमारको भुमिका निभाऊनेछन् ।
प्रेम पुरी
फिल्म जगतका सकारात्मक बिषय देखाएर नेपाली फिल्म जगतमा सन्तोष सेनलाइ भित्र्याउने श्रेय प्रेम पुरीलाई जान्छ । उनले सम्झिराख है फिल्मबाट डेब्यु गरेका हुन् । उनले त्यस पछि पनि विभिन्न चलचित्रहरुमा अभिनय गरि सकेका छन् । ‘प्रेमगीत ३’ मा पनि उनि देखिने पक्का भएको छ । तर के भूमिकामा भनेर हेर्न भने बाँकी छ ।
शिव श्रेष्ठ
फिल्म ‘प्रेमगीत ३’ मा प्रदीपको बुवा अथवा राजाको रोलमा खेल्नका लागि फिल्म नगरीका ठूल्दाई शिव श्रेष्ठलाई उक्त रोलका लागि अनुबन्ध गरेको छ ।
मनिष राउत
अडिसन मार्फत छानिएका उनी फिल्ममा ‘प्रेम’ को दाजु वा भाईको भूमिकामा देखिने चर्चा छ ।
पुस्कर कार्की
नाटकमा अभिनय गर्दै आएका पुस्कर कार्की ‘प्रेमगीत ३’ मा देखिने भएका छन् । उनीले विभिन्न फेसन शोमा समेत र्याम्प वाक गर्दै आएका छन् । अडिसनको क्रममा प्रेमको डमी भुमिका निभाएका थिए त्यही समय उनी निर्देशक दृय छेतेन र सन्तोषको नजरमा परेका थिए ।





