पुजा र आकाशको ‘रामकाहानी’ युट्युवमा ट्रेण्डिङ नं ३ मा पर्न सफल



२३ असार २०७६, काठमाडौँ

यहि ५ जुलाइमा यूट्यूवमा राखिएको नेपाली चलचित्र ‘रामकहानी’ यतिबेला नेपालकै ट्रेण्डिङ नम्बर ३ मा पर्न सफल भएको छ ।

नायिका पुजा शर्मा र सुदर्शन थापाको निर्माणमा बनेको यो चलचित्रलाइ सुदर्शन थापा आफैले निर्देशन गरेका हुन् ।

हलमा सफल साबित भएको चलचित्रलाई युट्युबमा सार्वजनिक भएसँगै तारिफ नै तारिफ मिलेको छ ।

फिल्ममा पुजा शर्मा र आकाश श्रेष्ठको मुख्य अभिनय छ भने सोभियत बस्नेत, केदार प्रसाद घिमिरे (माग्ने बुढा), जितु नेपाल (मुन्द्रे), विल्सन बिक्रम राई (तक्मे बुढा), रबिन्द्र झा, राजाराम पौडेल, शिशिर राना, बिहाल पहारी लगायतका कलाकारहरुको पनि भूमिका रहेको छ ।

चलचित्र हेर्ने अधिकांशले चलचित्रको कथावस्तु र कलाकारको अभिनयलाई निकै रुचाएका छन् । बढी दर्शकको कमेन्ट भने आकाश र पूजाको लागि नै रहेको छ । धेरैले आकाश र पूजाको जोडीलाई निकै मन पराएका छन् ।

प्रतिक्रिया दिनुहोस्