राजेश हमालको पत्नीसँगको पहिलो म्युजिक भिडियो ‘जिन्दगी’ सार्वजनिक



२३ असार २०७६, काठमाडौँ

पछिल्लो समय निकै चर्चित रहेको जोडी महानायक राजेश हमाल र उनकी पत्नी मधु भट्टराईलाई पनि अब संगै म्युजिक भिडियोमा देखिन पाइने भएको छ ।

दुई जनाको अभिनय रहेको म्युजिक भिडियो ‘जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ ।

निकै चर्चित महानायक राजेश बिबाह पछि पनि  पहिला  जस्तै सकृय छन् ।

यस गीतमा हीरादेवी श्रेष्ठको शब्द र नील सिंह ठकुरीको संगित रहेको छ ।

उक्त भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् भने उत्सव दाहालले छायांकन गरेका छन् । गीतमा राजेश हमाल र उनकी पत्नी मधु भट्टराईको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्