नम्रता भन्छिन् : “ज्यान रहरलाग्दो बनाउन जिम जाने गर्छु” (फोटो फिचर)



२१ असार २०७६, काठमाडौँ

नम्रता सापकोटाले अभिनय गरेको पहिलो फिल्म ‘सिग्नेचर’ हो। तर, यो फिल्म आजसम्म पनि हलमा आएको छैन। उनले दोस्रो चलचित्र अन्तरनल मा डेब्यु गरेकि थिईन् ।

त्यस पछि उनले ‘छक्का पञ्जा’, ‘ब्रासलेट’, ‘समर लभ’ आदि फिल्ममा अभिनय गरेकी छिन्। उनले सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेकी छिन् ।

आजभोलि भने उनी नियमित जिम जाने गर्छिन् । नम्रताले आफ्नो फिटनेस अनुभव ‘सम्पूर्ण’ लाई सुनाएकी छिन्।

उनी भन्छिन् तीनचार वर्षअघिसम्म ज्यान घटाउन घरमै वर्कआउट गर्थें तर यतिले मात्र हुन्नजस्तो लागेपछि दुई वर्षयता जिम जान थालेकी छु। शरीर फिट राख्न र ज्यान रहरलाग्दो बनाउन जिम जाने गर्छु। यति गरेपछि शरीर स्वस्थ हुन्छ भन्ने मलाई थाहा छँदै छ।

कम्मरमा कट निस्कियोस् भनेर जिम धाइरहेकी छु। अनि, फिगर पनि फिट देखियोस् भन्ने चाहन्छु।

उनका केही तस्बिरहरु





प्रतिक्रिया दिनुहोस्