
२१ असार २०७६, काठमाडौँ
‘हाउडे माया’ उपनामले चिनिन्छन् गायिका सिर्जना खत्री । यही गीतबाट उनी नेपाली संगीतमा प्रवेश गरेकी हुन्।
सिन्धुपाल्चोककी सिर्जना हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका ६ वटा सोलो गीत सार्वजनिक भएकोमा चार वटा हिट भएकाछन्। ‘लाहुरे माया’, ‘नौटंकी माया’ अझ बढी रुचाइएका गीतहरु मध्य पर्छन्।
सिर्जना गीतका शब्द प्रायः आफ्नै साथीभाइबाट प्रभावित भएर बनाउँछिन्। उनी मुस्कुराउँदै भन्छिन्, ‘कतिपय भाव आफ्नो निजी जीवनसँग पनि मेल खान्छ।’
स्कुले जीवनमा नै सिर्जना धेरै सांस्कृतिक कार्यक्रममा भाग लिन्थिन्। गीत आफैं लेख्ने, कम्पोज पनि आफैं गर्ने र गाउने गर्थिन्।

उनको पहिला सर्लक्क परेको लामो कपाल थियो । उनले अहिले ब्वाइज कट कपाल काटेकी छन्।
आफू केटी मान्छे भएकैले घरपरिवारको जिम्मेवारी पूरा गर्न नसकेको जस्तो उनलाई लाग्थ्यो । त्यसैले आफूलाई कमजोर महसुस नहोस् भनेर उनले कपाल काटेकी हुन् ।

सिर्जनाका लागि सफलता सपनाजस्तै थियो। अहिले उनी जुन स्थानमा छिन्, त्यसको कल्पना मात्र गर्थिन् उनी।

उनी स्कुल पढ्दाको प्रेम उनलाई अझै पनि याद छ। उनी पहिलो प्रेम पनि त्यही नै मान्छिन्। सिर्जनाले माया सिरिजमा गीत बजारमा ल्याए पनि वास्तविक जीवनमा भने उनलाई माया फापेन।
६ कक्षा पढ्दा उनलाई एउटा केटा मन पथ्र्यो । त्यसपछि उनले मन पराएको मान्छेलाई चिठी कोरेर उनको बहिनीको हातमा थमाइदिइन् तर केटाले स्वीकारेन। भन्छिन्, ‘त्यसपछि त्यो माया त्यहीँ तुहियो।’ हाल उनी कुनै रिलेसनसिपमा नभएको बताउछिन् ।






