
२१ असार २०७६, काठमाडौँ
निर्देशक प्रदीप भट्टराईलाई तीन चलचित्रले बक्सअफिसमा लोभलाग्दो सफलता हात पारेपछि नेपालका प्रतिष्ठित ब्यानरबाट बाक्लै चलचित्रको अफर आइरहेको छ ।
‘जात्रा’, ‘शत्रु गते’ र ‘जात्रै जात्रा’ को सफलतापछि उनीमाथि अब दर्शक र चलचित्र क्षेत्रको ठूलो विश्वास छ ।
निर्देशक भट्टराईसँग काम गर्न चाहने कलाकारहरुको लिस्टमा भर्सटायल अभिनेत्रीको रुपमा आफूलाई चिनाएकी ऋचा शर्मा पनि पर्छिन् ।
चाँडै टेलिभिजनमा प्रशारण हुने ‘कमेडी च्याम्पियन’ मा दुई निर्णायकको रुपमा ऋचा शर्मा पनि छन् ।
‘कमेडी च्याम्पियन’ शोको बिहीबार राजधानीमा एक कार्यक्रम बीच घोषणा गरियो । उक्त कार्यक्रममा अभिनेत्री ऋचाले निर्देशक भट्टराईसँग काम गर्ने इच्छा रहेको बताइन् ।
ऋचा प्रदीपको फिल्मको अफरको प्रतिक्षामा छिन् । उनले भनिन्,‘प्रदीप जीसँग काम गर्ने हामी सबै कलाकारलाई इच्छा हुन्छ ।’






