
२० असार २०७६, काठमाडौँ
सन् २०१७ मा मिस नेपालमा भाग लिनुअघि नै चारैतिर चर्चा कमाउन सफल नीति शाहले मिस इन्टरनेशनल २०१७ पछि झनै चर्चा कामईन् ।
उनलाई फिल्ममा अफर पनि आइरहन्छन् तर उनले यति बेला कुनै फिल्ममा पनि काम गर्ने मनशाय बनाएकी छैनिन् ।
उनले ११ कक्षामा हुँदादेखि नै मोडलिङ शुरु गरेकी थिइन् । आफ्नो लूकका कारण सधै चर्चामा रहिरहने नीतिलाई सामाजिक सञ्जालमा फ्यानले खुबै पछ्याउँछन् ।
हालै नीतिले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्वीर शेयर गरेकी छिन् । उनलाई रातो पोशाकले निकै सुहाएको छ । नीतिका तस्वीरमा फ्यानले खुबै माया दर्शाएका छन् ।
उनका केही तस्बिरहरु










