‘छ माया छप्पकै’ मा सुपुष्पा भट्ट



२० असार २०७६, काठमाडौँ

एक्सन चलचित्र ‘रणवीर’ बाट डेब्यु गरेकी नायिका सुपुष्पा भट्ट चलचित्र ‘छ माया छप्पकै’ मा देखिने भएकी छिन् । चलचित्र ‘रणवीर’ पछि उनलाई चलचित्रको राम्रै अफर आएको थियो ।

उनले डेब्यु गरेको यो चलचित्र हलमा हिट हुन नसके पनि उनको अभिनयको भने दर्शकले तारिफ गरेका थिए ।

सुपुष्पा अहिले दिपक–दिपाको फिल्म ‘छ माया छप्पकै’ मा जोडिन पुगेकी छिन् । यो चलचित्रमा उनको मुख्य भूमिका भने छैन । यस चलचित्रमा केकी अधिकारीको मुख्य भुमिका रहेको छ ।

उनले यो चलचित्रमा आफ्नो छोटो भूमिका भएपनि सन्तुष्ट भएको बताइन् ।

उनले भनिन्, ‘ भर्खरै फिल्म क्षेत्रमा प्रवेश गरेको छु । यति ठूलो ब्यानरसँग काम गर्न पाउँदा खुशी छु । यो फिल्ममा मेरो भुमिका सानो छ तर पावरफुल छु ।’

प्रतिक्रिया दिनुहोस्