‘घर’ हेरेर डराउलान् त दर्शक ?



२० असार २०७६, काठमाडौँ

नेपालमा हरर फिल्म रुचाउने दर्शकको संख्या ठूलो छ । तर वर्षमा मुश्किलले एक वा दुईवटा हरर फिल्म रिलिज हुन्छन् ।
नेपाली हरर फिल्मले दर्शकलाई तर्साउने कम हँसाउने बढी गरेका छन् ।

अर्पण थापाले पहिलो पटक ल्याएको ‘सुनकेसरी’ चलचित्र बाट दर्शकलाई तर्साएका कम हँसाएका ज्यादा थिए । निर्देशक थापाले दोस्रो पटक हरर जनराकै चलचित्र ‘घर’ लिएर आएका छन् ।

यस चलचित्रको निर्देशक सँगै लेखक र कलाकार समेत अर्पण नै हुन् । उनले चलचित्र ‘सुनकेसरी’ बाट भड्किएका दर्शकलाई ‘घर’ बाट रिझाउनु पर्ने छ ।

एक घरभित्र हुने भुत प्रेतको कथालाई समेटेर चलचित्रमा प्रस्तुत गरिएको छ । यस चलचित्रमा बेनिशा हमाल र सुरक्षा पन्त को मुख्य भूमिका रहेको छ ।

चलचित्रको ट्रेलरले धेरैको ध्यान खिचेको छ । चलचित्रमा भर्खर किनेको नयाँ घरमा सरेका श्रीमान् श्रीमतीले भोगेको आत्मासँगको कथालाई प्रस्तुत गरिएको छ ।

सुरज पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनाल लगाएतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ ।

चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् भने मिलन श्रेष्ठले चलचित्र सम्पादन गरेका छन् । यो चलचित्र आउँदो साउन ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्