
१९ असार २०७६, काठमाडौँ
पछिल्लो समय निकै चर्चामा पर्न सफल भएका नायक आकाश श्रेष्ठ सेक्सीएस्ट म्यान अफ द वर्ल्ड २०१८ को सूचिमा पर्न सफल भएका छन् ।
उनी यस सूचिमा पर्नु नेपालकै लागि पनि एउटा खुसीको कुरा हो ।
चलचित्र ‘म त तिम्रै हुँ’ बाट नेपाली सिनेमा क्षेत्रमा आएका नायक आकाश आफ्नो चकलेटी लुक्सका कारण निकै चर्चामा आउने गर्दछन् । आकाश कम बोल्ने र चकलेटी लुक्सका कारण युवायुवतीमाझ उनी लोकप्रिय पनि छन् ।
वर्ष २०१८ को ‘सेक्सीएष्ट म्यान अफ द वर्ल्ड’को सूचि हालै सार्वजनिक भएको हो विश्व भरबाट १०० जना पुरुषहरुको नाम सार्वजनिक भएको छ । जहाँ आकाशले नेपालबाट ८८ औं नम्बरमा आफनो स्थान बनाएका छन् ।
सामाजिक सञ्जाल इन्सटाग्राममा एउटा स्टोरी हाल्दै आकाशले आफू सेक्सीएष्ट म्यान अफ द वर्ल्ड को सूचिमा परेको खुलासा गरेका हुन्।





