
१९ असार २०७६, काठमाडौँ
अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाह अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु’ ले हिटको व्यापार गरेपछि निर्देशक सुदर्शन थापा ले ‘म यस्तो गीत गाउँछु २’ ल्याउदै छन् ।
निर्देशक थापाले मेरो एउटा साथी छु, प्रेमगीत, म यस्तो गीत गाउँछुु, रामकहानी लगायतका सफल फिल्म दिइसकेका छन् । उनको हरेक चलचित्रलाई दर्शकले मन पराउदैँ आएका छन् ।
अब भने निर्देशक थापा ‘सम्हालिन्छ कहिले मन’ रिलिजपछि यो फिल्म सुरु गर्ने तयारीमा छन् । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ छायांकन भने दशैंपछि सुरु हुनेछ र फागुन २३ मा आउने निश्चित भइसकेको छ ।
सम्बन्ध चिसिएका कारण सुदर्शन यस फिल्ममा पललाई पूजाको जोडी बनाउने मनस्थितिमा छैनन् । निर्देशक थापाले पल र पूजा दुबै फिल्ममा हुने वा नहुने अहिले कुनै टुंगो नलागेको बताउछन् । नयाँ जोडी लिने वा पल र पूजा नै दोहोर्याउने भन्ने कुरामा निर्देशक अन्योलमा छन् ।
चलचित्रवृतमा उनले अभिनेता अनमोल केसीलाई ‘म यस्तो गीत गाउँछु २’ अफर गरेको चर्चा छ । तर उनि चलचित्रमा हुने वा नहुने भन्ने कुराको जानकारी प्रप्त भएको छैन् । निर्देशक थापाले फिल्म ‘क्याप्टेन’ को सेटमा नै गएर अनमोललाई फिल्मको स्क्रिप्ट सुनाएको जानकारी प्राप्त छ ।
अभिनेता अनमोल पनि निर्देशक सुदर्शनसँग काम गर्न इच्छुक छन् ।





