
१७ असार २०७६, काठमाडौं
नेपाली सांगितीक क्षेत्रमा ‘गीतसंगीतलाई मनैदेखी मायागर्ने एउटा मनुवा’ को नामले चिरपरिचित गायक नारायण थापाको निकै नै मार्मिक गीत ‘आजकलका मुना मदान’ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतको भिडियोमा बैदेशीक रोजगारीले निम्त्याएको समस्या र विकृतीलाई उजागर गर्न खोजिएको छ । गायक थापाद्वारा सार्वजनिक गीतले युट्युबमा छोटो अवधिमा नै निकै लोकप्रियता हासिल गरेको छ ।
निकै नै मार्मिक शब्द र संगीत रहेको गीतको भिडियोमा भद्रगोलका चर्चित हाँस्य कलाकार सागर लम्साल (बले), सुरबीर पण्डित (दाह्री बा) र अभिनेत्री बेनिशा हमालको अभिनय रहेको छ । भिडियोको निर्देशन युवराज बाइबाले गरेका हुन् भने छाँयाकन उत्सवब दाहाल तथा इडिट विकास दाहालले गरेका हुन् ।
नारायण थापाद्वारा स्वरबद्ध ‘आजकलका मुना मदान’ बोलको गीतमा कालिप्रसाद रिजालको शब्द, शिखर सन्तोषको संगीत, फाणिन्द्र राईको एरेन्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ्गमास्टरीङ रहेको छ ।
सार्वजनिक गीतको भिडियो :





