प्रियंका र सृष्टि ‘लेस्बियन’ को भूमिकामा देखिदैँ, कत्तिको जम्ला जोडी ?



१७ असार २०७६, काठमाडौँ

प्रियंका कार्की अब अभिनयमा मात्र नभएर निर्देशनमा पनि जुट्ने भएकी छिन् । प्रियंका कार्कीले पहिलो पटक एक वेब सिरिज निर्देशन गर्दैछिन् । उनले समलिङ्गी प्रेमकथालाई समेटेर वेब सिरिज बनाउन लागेकी हुन् ।

उनले निर्देशन गर्ने वेब सिरिजमा स्वयम उनी र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहने छ । उक्त वेब सिरिजमा २ युवतीको प्रेमकथालाई देखाइने छ । प्राप्त जानकारी अनुसार उक्त वेब सिरिज अगस्टबाट युट्युबमा प्रशारण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्