
१७ असार २०७६, काठमाडौँ
यतिबेला नायिका क्रिष्टिना गुरुङको जताततै चर्चा छ । निकै लामो समयदेखि चलचित्र प्रेमगीत ३ का लागि नायिकाको खोजी भैरहेको थियो ।अन्ततः ३ महिनाको खोजीपछि चलचित्र प्रेमगीत ३ ले क्रिष्टिना गुरुङलाई गीत को रुपमा पाएको छ ।
अमेरिकामा बस्दै आएकी क्रिष्टिना आफ्नो व्यक्तिगत कारणले नेपाल आएकी थिइन् । चलचित्र प्रेमगीत ३ को लागि नायिकाको खोजी हुँदैछ भन्ने थाहा पाएपछि उनले पनि अडिसन दिइन् । उनलाई आफू उत्कृष्ट २५ मा छानिन्छु भन्ने कत्तिपनि लागेको थिएन । तर त्यसपछि भने अब राम्रो प्रस्तुती दिन्छु भन्ने उनले सोचेकी थिइन् ।
क्रिष्टिनाले आफू चलचित्रको नायिकाको रुपमा छनौट भएकोमा निकै खुसी भएको बताएकी छिन् । क्रिष्टिनाले सानैदेखि यो क्षेत्रमा आउन रहर भएकाले पनि प्रेमगीत ३ को लागि अडिसन दिएको बताइन् । क्रिष्टिनाले आफू निकै मेहेनत गरेर दर्शकको मन जित्ने समेत बताएकी छिन् । जे होस प्रेमगीत ३ ले एउटी राम्री नायिका पाएको छ । क्रिष्टिनालाई हाम्रो तर्फबाट फेरि पनि बधाई तथा शुभकामना ।





