चर्चित लोक गायिका तथा सांसद कोमल वलीको तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक



१६ असार २०७६, काठमाडौं

अघिल्ला तीजहरुमा झै यस वर्ष पनि ‘वली सिस्टर्स’ राष्ट्रियसभा सदस्य कोमल वली र उनकी बहिनी प्रज्ञा वली ‘शरद’ले यस वर्षको तीज गीत ‘छड्की तीलहरी’ युट्युब मार्फत सार्वजनिक गरेका छन् ।

विगतका वर्षहरुमा झै यस वर्ष पनि संयुक्त रुपमा वली सिस्टर्सले मौलिकता झल्कने तीज गीत दर्शक श्रोतामाझ ल्याएका हुन् । सार्वजनिक गीतमा संगीत÷शब्द एकनारायण भण्डारीको रहेको छ भने कोमल र प्रज्ञाले संयुक्त रुपमा अभिनय गरेका छन् ।

(आज) सोमबार आफ्नो ब्यक्तिगत युट्यूव च्यानल कोमल वलीले ‘छड्के तिलहरी’ सार्बजनिक गरेकी हुन् ।

सार्वजनिक गीतको भिडियो :

प्रतिक्रिया दिनुहोस्