यति बेला किन काम गर्ने मुडमा छैनन् बर्षा ?



१६ असार २०७६, काठमाडौँ

बर्षा सिवाकोटी सफल चलचित्र ‘नाई नभन्नु ल २’ मा छोटो भूमिकामा काम गर्दै चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन् ।

त्यस पछि चलचित्र ‘पशुपति प्रसाद’मा पनि उनले अभिनय गरेकी थिईन् ।

उनले अभिनय गरेको त्यो चलचित्रलाई पनि दर्शकले निकै रुचाएका थिए । तर त्यस पछिका चलचित्रले भने बर्षालाई त्यति सफलता दिन सकेन ।

पछिल्लो समय रिलिज भएको ‘वीर बिक्रम २’ ले भने नायिका बर्षालाई निकै चर्चित बनायो । वीर बिक्रम २ मा रहेको उनको भूमिकालाई पनि दशैकले निकै मन पराएका थिए ।

यति बेला भने उनी कुनै चलचित्रमा काम गर्ने मुडमा छैनन् ।  उनले भनिन्–‘केही चलचित्रहरुबाट कुरा आइरहेको छ । कुनै चलचित्र राम्रो पनि छन् । तर, अहिलेसम्म काम गर्ने वा नगर्ने पक्का भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्