‘लक्का जवान’ मा दीलिपकी छोरी हिरोइन !



१६ असार २०७६, काठमाडौँ

टेलिभिजनको पर्दामा जमेका कलाकारहरु पछिल्लो समय फिल्म निर्माणमा निकै आकर्षित भएको देखिन्छ । महजोडी हुँदै दीपकराज गिरी र दीपाश्री निरौलासम्मले फिल्म निर्माणमा पाइला राखिसकेका छन् ।

अब भने चर्चित हास्यकलाकार शिवहरी पौडेल ( प्वाक्क मुखमा हान्नु जस्तोु ) ले चलचित्र लक्का जवान निर्माण गर्ने भएका छन् ।

उनको निर्देशनमा बन्न लागेको फिल्म ‘लक्का जवान’ को आइतबार हास्य कलाकार किरण केसीको जन्मदिनको अवसरमा राजधानीमा घोषणा गरिएको थियो ।

यो फिल्मबाट अभिनेता दीलिप रायमाझीकी छोरी दिव्यालाई डेब्यू गर्ने चर्चा फिल्मवृतमा भइरहेको छ । चलचित्र निर्देशक शिवहरीले पनि यो कुरा स्वीकर गदै ‘हो’ ‘हामीले दिवयालाई फिल्ममा डेब्यु गराउने पहल गरिहकेका छौँ’ भने ।

दीलिपकी छोरी हाल अमेरीकामा छिन् । उनी चलचित्रमा प्रवेश गर्न इच्छुक रहेको जानकारी प्राप्त भएको छ ।

चलचित्रमा पारीवारीक तथा कमेडी कथामा निर्माण हुने निर्देशक शिवहरी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्