
१६ असार २०७६, काठमाडौँ
चलचित्र ‘सत्या’को पोस्टर तथा ट्रेलर सार्वजनिक भएको छ ।
आइतबार राजधानीमा एक कार्यक्रमका बीच कलाकार विकास थापा मगरको जन्मदिन सेलिब्रेसन गर्दै निर्माण टिमले चलचित्रको ट्रेलर र पोस्टर सार्वजनिक गरेको थियो।
एक्सन लभस्टोरी जनारामा निर्माण भएको चलचित्र ‘सत्या’ कार्तिक २२ गतेबाट प्रदर्शन हुने जानकारी दिइएको छ ।
मिलन आले मगरको निर्देशन रहेको चलचित्रमा राज कालाखेती, करण सिंह बोहरा, प्रिया शर्मा, विकास थापा मगर, वर्षा थिङ, सुमन खत्री, गौरव सम्राट लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रमा देव महर्जनको द्धन्द्व निर्देशन, सुमन तण्डुकारको छायाँकन र तारा थापा किम्भे र श्यामराज श्रेष्ठको सम्पादन रहेको छ ।
निर्देशक मगरले फिल्म सत्य घटनामा आधारित भएर बनेको बताए ।





