
१५ असार २०७६, काठमाडौँ
अन्तर्राष्ट्रिय ब्युटी प्याजेन्ट ‘मिस्टर एण्ड मिस टुरिजम एम्बासडर युनिभर्स २०१९’ मा नेपालीले समेत सहभागिता जनाउने भएका छन् ।
मिस्टर एण्ड मिस आईकन प्रतियोगिता अन्तर्गत मिस आईकन–२०१९ को उपाधी सपना भण्डारीले जितेकी थिइन् । त्यस्तै मिस्टर आईकनको–२०१९ को उपाधि बिनायक पोखरेलले जितेका थिए । यति बेला उनिहरु टुरिजम एम्बासडर युनिभर्स का लागि मलेसिया जाने भएका छन् ।
जुलाई १ देखि जुलाई ७तारिक सम्म चल्ने कार्यक्रम लिकास स्क्वायर अपार्टमेन्ट होटल कोटा किनाबालु सबाह मलेसियामा हुने भएको छ ।
त्यसैका लागि नेपालबाट पुरुष तर्फ विनायक राज पोखरेल र महिला तर्फ सपना भण्डारीले मलेसियामा हुने उक्त प्याजेन्टमा सहभागिता जनाउने पक्का भएको हो ।





