
१५ असार २०७६, काठमाडौैँ
लामो समयदेखी चलचित्रको पर्दामा नदेखिएका राजेश हमालले अब चलचित्र निर्देशन गर्ने भएका छन् ।
‘महानायक’को उपाधि पाएका हमालको क्रेज यतिबेला पर्दामा कमजोर बनेतापनि पर्दा बाहिर जस्ताको तस्तै छ ।
नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले चलचित्र निर्देशन गर्ने भनेकै लामो समय भयो । नायक भूवन केसीले चलचित्र निर्देशन गरिसके भने कैयौ कलाकार निर्माता पनि बनिसके । तर, हमालले भने चलचित्र निर्देशन गर्छु भन्न छाडेका छैनन् ।
चलचित्रको बजार राम्रो नरहेको र दर्शकको टेष्ट बदलिएको कारण उनले कथावस्तु छनोट गर्न नसकेको बताउछन् । ‘हाम्रो सोच अब काम लाग्दैन, अब नयाँ सोच अनुसार चलचित्र बनाउनुपर्छ । त्यसकारण केहि समय पर्ख र हेरको स्थितीमा छु ‘ उनले भने ।





