को होला त पुजाको मनपर्ने हिरो ?



१५ असार २०७६, काठमाडौँ

नेपाली फिल्म क्षेत्रमा छोटो समयमै उच्च स्थान बनाउन सफल नायिकामध्येको एउटा नाम हो, पूजा शर्मा ।

उनले धेरै चलचित्रमा अभिनय गरिसकेकी छिन् । पछिल्लो समयमा पूजाले काम गरेका केही हिरोहरुसँग उनको सम्बन्ध त्यति राम्रो छैन् । चलचित्र ‘प्रेम गीत’ मा सँगै काम गरेका प्रदीपसँग पुजाको सम्बन्ध त्यति राम्रो छैन  । त्यस्तै गरि ‘म यस्तो गीत गाँउछु’ मा सँगै काम गरेका पलसँगको सम्बन्ध पनि राम्रोसँग टिक्न सकेन ।

अभिनेता आकाश श्रेष्ठसँग भने उनी  केही समय देखि निकै नजिक देखिन्छिन् । आकाश र पूजाले फिल्ममा काम गरेर ह्याट्रिक गरिसकेका छन् ।

पूजालाई फ्यानले सोधेका छन्, तपाइर्लाइ मनपर्ने अभिनेता को हुन् ? फ्यानले पूजालाई प्रदिप, पल र आकाशमा तपाइको बेष्ट हिरो को हुन् ? भनेर सोधेका थिए ।

तर पुजाले स्पष्ट जवाफ भने दिएकी छैनन् । पुजाले तिन जना हिरो मध्य मलाई को मनपर्छ भन्ने भनिराख्न नपर्ने कुरा बताइन् ।

त्यसो भए पूजाको मनपर्ने हिरो को हुन् त ? पुजाले किन एक जनाको नाम लिन सकिनन् ?

कुनै एकजनाको नाम लिदा पूजाले अरु २ जनाको फ्यानको गाली खान्छु भनेर सोचिन् र कसैको नाम नलिएकी पो हुन् कि ।

प्रतिक्रिया दिनुहोस्