
१४ असार २०७६, काठमाडौं
जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ शुक्रबारबाट सफलतापूर्वक सातौँ हप्तामा प्रवेश गरेको छ ।
चलचित्रमा बिपिन कार्की, बर्षा राउत,रबिन्द्र सिंह बाँनिया लगायतकका कलाकारहरुको अभिनय रहेको छ ।
प्रदर्शन भएको दिनदेखि तीन सातासम्म बक्सअफिसमा लगातार आफ्नो दबदबा कायम गर्न सफल फिल्मले अहिलेसम्म ९ करोड माथिको कमाई गरेको निर्माण युनिटले दाबी गरेकोछ ।
चलचित्र यतिबेला ५१ दिने बाटोमा छ । प्रदीप भट्टको निर्देशन रहेको चलचित्रका कलाकार रविन्द्र सिंह बानियाले निर्माण गरेका हुन् ।
‘जात्रै जात्रा’ बाट निर्देशक प्रदीपले व्यावसायिक रुपमा सफल फिल्मको रुपमा ह्याट्रिक गरेका छन् ।
निर्देशक प्रदीपका यसअघिका चलचित्र ‘जात्रा’ र ‘शत्रु गते’ ले पनि निकै चर्चा कमाएको थियो ।
नेपाली दर्शक तथा समीक्षकले राम्रो प्रतिक्रिया दिएको चलचित्रलाई बिदेशका केही शहरहरुमा समेत निकै रुचाइएको छ ।





