रेखा चलचित्रमा भन्दा राजनितिमा बढी चिन्तित



१४ असार २०७६, काठमाडौँ

रेखा थापा आफ्नो फिल्म करिअरको भन्दा पनि सामाजिक र राजनैतिक करिअरमा बढी चिन्तित देखिन्छिन् ।  पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘मालिका’ बाट पनि रेखालाई खासै सफलता प्राप्त हुन सकेन ।

अभिनेत्री हुँदै निर्देशक समेत बनेकी रेखा राजनीतिमा पनि होमिइन्  पहिले रेखा तत्कालीन नेकपा माओवादी पार्टीमा थिइन् भने पछि  सो पार्टी छोडेर तामझामका साथ कमल थापाको पार्टीमा सामेल भएकी थिइन् ।

रेखा आजभोलि महिला हिंसाका विरुद्ध खुलेरै बोली रहेकी हुन्छिन् । उनी पछिल्लो समय महिला हिंसा न्यूनीकरणको अभियानमा पनि लागेकी छिन् ।

कतिपयले रेखालाई राजनीति नफापेको प्रतिक्रिया दिने गरेका छन् । अभिनयका माध्यमबाट करोडौँ नेपालीमाझ आफ्नो परिचय बनाएकी रेखालाई अब भने अभिनय क्षेत्रमा जम्न गाह्रो हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्