
१४ असार २०७६, काठमाडौँ
नायिका नम्रता श्रेष्ठ दर्शकहरुले रुचाउदै आएकी नायिका हुन् । एक वर्षमा अन्य अभिनेत्रीहरुले दुई तीन वटा चलचित्र खेल्दा उनी भने बर्षमा एउटा मात्र चलचित्र ढुक्कले र राम्रो सँग गर्छिन् ।
अब भने नम्रता ‘जाइरा’ चलचित्रमा देखिने भएकी छिन् । उनले यस चलचित्रका लागि धेरै मिहिनेत गरेकि छिन् । ‘जाइरा’ नम्रताको लागि निकै विशेष रहेको उनले बताएकी छिन् । चलचित्रमा नम्रताको एक्सन पनि देख्न सकिन्छ । यसै चलचित्रको लागि उनले आफ्नो कपाल पनि छोट्याएकी छिन् ।
चलचित्र ‘जाइरा’ को पहिलो गीत पनि सार्वजनिक भएको छ । यस गीतमा अनुप र नम्रताबीच निकै गहिरो माया भएको देख्न सकिन्छ ।
नम्रताले ‘जाइरा’ को गीत सार्वजनिक कार्यक्रममा आफुले कहिल्लै एक्सन फिल्म गर्ने कुरा नसोचेको बताइन् ।
नाम्रताका कारण चलचित्र चल्ने आश निर्माण पक्षले गरेको छ । चलचित्र ‘जाइरा’ भदौ ६ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउँने भएको छ ।





