कार्तिक र जान्हवी ‘दोस्ताना २’ मा सँगै !



१२ असार २०७६, काठमाडौँ

बलिउडका निर्माता तथा निर्देशक करन जोहारले आफ्नो फिल्म ‘दोस्ताना २’ को सिक्वेल बनाउने घोषणा गदै प्रमुख कलाकारको खुलासा पनि गरेका हुन् ।

‘दोस्ताना २’ को निर्देशन कोलिन डिचुन्हाले गर्ने भएका छन् । यस चलचित्रमा कार्तिक आर्यन र जान्हवी कपुरको मुख्य अभिनय रहने भएको छ ।

तेस्रो अभिनेता भने नयाँ हुने र उनको खुलासा छिट्टै गर्ने जोहरले बताएका छन् ।

‘दोस्ताना’ सन् २००८ को सफल चलचित्र मध्य एक सफल चलचित्र बन्न सफल भएको थियो । यो चलचित्रमा प्रियंका चोपडा, अभिषेक बच्चन र जोन इब्राहिमको मुख्य भूमिका रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्