
१२ असार २०७६, काठमाडौँ
पल र पुजाको जोडीलाई दर्शकले निकै रुचाएका थिए । दर्शकको मन मुटुमा बस्न सफल ‘म यस्तो गीत गाउँछु’ मा सँगै देखिएका पल र पुजाको जोडीलाई के फेरी एकै साथ देख्न पाइएला त ?
निर्देशक सुदर्शन थापाले चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को सिक्वेल बनाउन तयारी गरेका छन् ।
उनि चलचित्र सम्हालिन्छ कहिले मन को काममा व्यस्त छन् । तर यो बिचमा उनी आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को तयारीमा जुटेका छन् ।
उनले चलचित्र म यस्तो गीत गाउँछु का मुख्य नायक पल र पुजा शर्मा हुने वा नहुने भन्ने विषयमा केही कुरा जानकारी दिएका छैनन् ।
‘म यस्तो गीत गाउँछु’ चलचित्रले हिटको व्यापार गरेको थियो । तर अहिले ‘म यस्तो गीत गाउँछु’ को कथा भन्दा धेरै परिर्वतन हुने निर्देशक थापाको भनाई छ ।





