
१२ असार २०७६, काठमाडौँ
चलचित्र ‘आप्पा’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका सिदार्थ तामाङले यति बेला निकै चर्चा कमाउन सफल भएका छन् ।
चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यस चलचित्रमा सिदार्थलाई दयाहाङ राईको छोराको भूमिकामा देखाइएको छ ।
सार्वजनिक गीत र टेलर हेर्दा ‘आप्पा’ बाबु छोराको कथामा बनेको चलचित्र हो भन्ने कुरा प्रष्ट हुन्छ ।
‘आप्पा’ मा अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायांकन र निमृष श्रेष्ठको सम्पादन रहेको छ ।
‘आप्पा’ को बारेमा जानकारी दिदै अनमोलले सिदार्थको ठाउँमा नाजिर हुसेनलाई राख्न खाजेको कुराको खुलासा गरेका छन् । उक्त चलचित्रमा पात्र र लुक्सको लागी फिट थिए । तर संयोगवश सिदार्थसँग भेट भएपछि अनमोलको मन बदलिएको थियो ।
चलचित्रमा दया, सिदार्थसँगै तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘आप्पा’ को अधिकांश छायांकन भारतको कालेबुङमा भएको हो ।





