किन एकहप्ता पछाडि सर्यो आयुष्मानको ‘सानो मन’ ?



१२ असार २०७६, काठमाडौँ

असार २० गते रिलिज हुने भनिएको फिल्म ‘सानो मन’ ले आफ्नो रिलिज मिति एक साता पछाडि सरेको छ । अब भने चलचित्र असार २७ गते रिलिज हुने भएको छ ।

चलचित्रको रिलिज मिति पोन्टपोन्ड हुनुको कारणबारे जानकारी दिदैँ राजेन्द्र मानन्धरले हतारमा नराम्रो फिल्म रिलिज गर्नुभन्दा प्राविधिक सुधार गरी एक हप्ता ढिलो आउन लागेका हौँ भने ।

सुयोग गुरुङको डेब्यु निर्देशनमा तयार भएको यस चलचित्रमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी लगायतकाृ अभिनय रहेको छ ।

समिर सनुवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्