सकियो विराजको ‘साङलो’ को छायांकन



१२ असार २०७६, काठमाडौँ

नायक विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘साङ्लो’ छायांकन सकिएको छ । चलचित्र भदौमा रिलिज गर्ने सोचमा विराज छन् ।

डोटीबाट फिल्मको छायांकन सुरु भएको थियो ।काठमाडौँमा केही सिन खिच्दै फिल्म प्याकअप भएको हो ।

छायांकन सुरु हुनु अगवै विवादमा तानिएको चलचित्र ‘साङ्लो’ छायांकनको क्रममा पनि विवादित बन्यो । गाउँपालिकाले चलचित्रका लागि १० लाख दिएपछि यसको विवाद चुलिएको थियो ।

विराजको डेब्यु निर्देशनमा तयार भएको यो चलचित्र ‘साङलो’ लाई प्रेम र एक्सनको कथा भनिएको छ । यो चलचित्रको छायांकन ५० दिनमा सकिएको निर्माण टिमले बताएको छ ।

यस चलचित्रमा नायक विराज भटट् र नायिका निकिताद चण्डकको मुख्य भूमिका रहेको छ ।

यस चलचित्रमा विराज र निकितालाई श्रीमान र श्रीमतिको भूमिकामा  देखिने जानकारी प्राप्त भएको छ । निकिता यस चलचित्रलाई लिएर निकै उत्साहित छिन् ।

प्रतिक्रिया दिनुहोस्